सामाखुसीको रेस्टुरेन्टमा जुवाको खाल, सञ्चालकसहित ९ पक्राउ

२५ जेठ, काठमाडाैं । काठमाडौंको सामाखुसीमा सञ्चालित एक रेस्टुरेन्टमा प्रहरीले छापा मारी जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६२ हजारभन्दा बढी नगद र तास बरामद भएको छ।

काठमाडौं महानगरपालिका-३, सामाखुसी रानीबारीस्थित ‘खुसी किचेन रेस्टुरेन्ट’ मा जुवा चलिरहेको सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले शनिबार साँझ छापा मारेको हो।

प्रहरीले रेस्टुरेन्टका सञ्चालक ५८ वर्षीय डम्बर लामासहित ९ जनालाई जुवाको खालबाटै नियन्त्रणमा लिएको छ।

प्रहरीले उनीहरूको साथबाट नगद ६२ हजार ८ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरी वृत्त महाराजगञ्जले जानकारी दिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours