नयाँ वर्ष सुरुभएपछि प्रमुख घटनाक्रममा बढेको सेयर बजारमा भिजिट भिसाको वाण

२३ जेठ, काठमाडौँ । नयाँ वर्ष २०८२ सुरु भएदेखि सेयर बजार परिसुचक नेप्से प्रायः अस्थिर देखिएको छ । नयाँ वर्षको पहिलो दिन बढेको सेयर बजार त्यसपछि प्रमुख घटनाक्रम (गभर्नर नियुक्ती, बजेट घोषणा,) मा बढेको देखिन्छ । पछिल्लो समय बजेटले आशावादी देखिएका लगानीकर्तामा भिजिट भिसाको वाणले असर गरेको छ । भिजिट भिसासँगै भएको राजावादी र यातायात व्यवसायीको आन्दोलनले आागोमा घिउ थप्ने काम गरेको छ ।

नयाँ वर्षमा कारोबारको पहिलो दिन वैशाख २ गते नप्से परिसुचक २७.१४ अंकले बढेर २६८९.२२ अंकमा पुगेको थियो । कारोबारको पहिलो दिन ८ अर्ब ५४ करोड रुपैयाँँको सेयर कारोबार भएको थियो । यस्तो सकारात्मक सुरुवातले नयाँ वर्षमा सेयर बजारप्रति लगानीकर्ताको विश्वास बलियो हुँदै गएको आकलन गरिएको थियो । योे प्रवृत्ति कायम रहे २०८२ साल नेपाली सेयर बजारको लागि उल्लेखनीय बन्न सक्ने आशा गरिएको थियो ।

यस्तै कारोबारको दास्रो दिन ३ गते सेयर बजार बढ्दा कारोबार रकम घटेको थियो । उक्त कारोबार दिन नेप्से ७.०१ अंकले बढेर २६९६.२३ अंकमा पुग्दा कारोबार रकम ७ अर्ब २६ करोड रुपैयाँ कायम भएको थियो ।

तर सेयर बजारको यो वृद्धिले निरन्तरता पाउन नसक्दा वैशाख ७ गते दोहोरो अंकको गिरावट आएको थियो । सो दिन नेप्से १६.६८ अंकले घटेर २७०६.०४ अंकमा पुगेको थियो ।

त्यसपछि लगानीकर्तामा उत्साह देखिन सकेन । बजार प्रायः निरन्तर ओरालो यात्रामा लागेको थियो ।

निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार वैशाख २४ गते बुधबार बनावटी रुपमा बढेको थियो । उक्त दिन नेप्से परिसुचकमा ६२.२५ अंकले बढेर २६७३.६९ अंकमा पुगेको थियो । सो दिन ८ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो । सेयर बजारले लय लिन नसक्दा फेरि २५ गते बिहिबार दोहोरो अंकको गिरावट आएको थियो । सो दिन सेयर बजारम गिरावट आएपनि कारोबार रकम बढेर ११ अर्ब ६५ करोड रुपैयाँ पुगेको थियो ।

त्यसपछि पनि सेयर बजारमा बियरिस ट्रेन्ड कायमै रहेको थियो । सेयर बजारमा लगातार गिरावट आउँदा कारोबार रकम पनि खुम्चिदै गएको थियो ।

यो महिनाको कारोबारको पहिलो दिन जेठ १ गते नेप्से परिसुचक ८.४१ अंकले घट्दा कारोबार रकम ७ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो ।
नयाँ वर्षको सुरुवात पछि जेठ ५ गते सोमबार तेस्रो नेप्से परिसुचक दोहोरो अंकले बढेको थियो । उक्त सोमबार नेप्से १९.३० अंकले बढेर २६२८.३६ अंकमा पुगेको थियो । सो दिन कारोबार रकम ७ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो ।

करिब डेढ महिनादेखि नेतृत्व विहिन रहेको राष्ट्र बैंकमा गभर्नर नियुक्तीको चर्चासँगै नेप्से परिसुचकमा लगातार दोहोरो अंकको वृद्धि भएको थियो । जेठ ५ गते सोमबार नै मन्त्रीपरिषदको नियमित बैठकले गभर्नर नियुक्त गर्ने चर्चा चुलिएको भएपनि सो दिन बैठक नै बस्न सकेन । भोलिपल्ट जेठ ६ गते मंगलबार ४ बजे अर्थमन्त्रीले गभर्नर सिफारिस समितिको बैठक बालाउने खबरसँगै सेयर बजार उकालो लागेको थियो । गभर्नर नियुक्तीको सम्बन्धमा भएका घटनाक्रमले लगानीकर्तामा उत्साह देखिएको थियो । सोहि दिन साँझ बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त गर्यो ।

उक्त काराबार दिन जेठ ६ गते सेयर बजार ४९.०९ अंकले बढ्दा कारोबार रकम ७ अर्ब ३१ करोड रुपैयाँ कायम भएको थियो ।
गभर्नर नियुक्तीको चर्चासँगे हौसिएका लगानीकर्तामा उत्साह कायम रहन नसक्दा सेयर बजारमा फेरि निराशा छाएको थियो । गभर्नर नियुक्तीको भोलिपल्ट जेठ ७ गते ७.९४ अंकको गिरावट आउँदा कारोबार रकम १० अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो ।
यस्तै जेठ ८ गते बिहिबार नेप्से परिसुचकमा १९.०४ अंकको वृद्धि भएको थियो । सो दिन कारोेबार रकम ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । सेयर बजारको यो वृद्धिले गभर्नरले सेयर बजारमा खासै प्रभाव नपर्ने देखाएको थियो ।

त्यपछिको कारोबार दिन जेठ ११ गते आइतबार सेयर बजारमा फेरि गिरावट आएको थियो । उक्त आइतबार नेप्से परिसुचकमा ८.५७ अंकको गिरावट आएको थियो । क्षणिक खबरहरुले धेरै उतारचढाव भइरहने बजारमा गभर्नर नियुक्त हुने अघिल्लो दिन सोमबार र मंगलबार सुधार आएको थियो । गभर्नर नियुक्त भएको भोलिपल्ट जेठ ७ गते घटेको बजार ९ गते बिहिबार बढेको थियो । त्यसपछि आगामी आर्थिक वर्षको बजेटको पुर्वसन्ध्यामा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा सेयर बजारमा बियरिस टे«न्ड कायमै रहेको थियो । नेप्से परिसुचकसँगै कारोबार रकमले पनि साथ छोड्दै गएको थियो ।

बजेटको पुर्वसन्ध्यामै जेठ १४ गते सेयर बजारमा दोहोरो अंकको वृद्धि आएको थियो । जेठ १४ गते बुधबार नेप्से १७.४४ अंकले बढेर २६९३.०६ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ५८ करोड रुपैयाँ पुगेको थियो ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भए पछिको कारोबारको पहिलो दिन १९ गते सोमबार सेयर बजारमा सामान्य वृद्धि देखिएको थियो । सोमबार नेप्से परिसुचक १.०६ अंकले बढेर २६९४.६६ अंकमा पुगेको थियो । सेयर बजार विस्तारै लयमा आउन लागेकै समयमा सुरु भएको आन्दोलनले फेरि लगानीकर्तामा फेरि निराशा छाएको छ । भिजिट भिसा प्रकरण, राजावादी र यातायात व्यवसायीले गरेको आन्दोलनले बजेटमा सकारात्मक रहेका लागानीकर्तामा निराशा ल्याएको छ । मंगलबार देखि सेयर बजार लगातार ओरालो यात्रामा छ । नेप्से परिसुचकमा मंगलबार र बुधबार दोहोरो अंकको गिरावट आउँदा बिहिबार पनि घटेको थियो । मंगलबार नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ अंकमा पुग्दा बुधबार ११.९७ अंकले घटेर २६४६.९५ अंकमा पुगेर बजार बन्द भएको थियो । योसँगै बुधबार कारोबार रकम पनि घटेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको थियो ।

लगानीकर्तामा आशा देखिन नसक्दा बिहिबार पनि बजार ५.९९ अंकले घटेर २६४०.९६ अंकमा पुगेर बन्द भएको छ । बिहिबार कारोबार रकम ७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

सामान्य घटनाले पनि अस्थिर रहने नेपाली सेयर बजार पछिल्लो समय विकसित घट्ना क्रमले निरन्तर ओरालो यात्रामा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours