चिडियाखानामा थपियो गैंडा

२२ जेठ, काठमाडौं । ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ ।

चितवनबाट ल्याइएको गैंडालाई विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो ।

चिडियाखानामा एउटामात्रै गैंडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज बिभागको प्रयासमा अर्को गैडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
बिहीबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैंडाको उमेर ३ बर्षको रहेको उनले बताए ।

सदर चिडियाखानाले दुईवटा गैंडा माग गरेकोमा अर्को गैंडा छिटै आउने प्रमुख साहले जानकारी दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours