विश्व बैंकको प्राथमिकता रोजगार सृजना र भवनहरूको प्रतिरोधात्मक क्षमता विकास

२० जेठ, काठमाडौं। विश्व बैंकले नयाँ कन्ट्री पार्टनरसीप फ्रेमवर्कमा सुरु गरेका छ । आगामी ७ वर्षको उक्त फ्रेमवर्कले रोजगारी सृजना र भवनहरुको प्राकृतिक प्रकोप प्रतिरोधात्मक क्षमतामा केन्द्रित हुने विश्व बैंक नेपालले जनाएको हो ।

विश्व बैंकको आगामी कार्यक्रमहरू जलवायु परिवर्तनसँग सम्बन्धित हुनेछ । ‘रोजगारी सृजना गर्नु मात्रै हाम्रो उद्देश्य होइन,’ विश्व बैंकका कन्ट्री डिभिजन डारेक्टर डेभिड सिसलेनले भने, ‘नेपालको दिगो र टिकाउ विकासका लागि पनि यो आवश्यक छ ।’

विश्व बैंकसँगको विगत ६० वर्षभन्दा पुरोना सहकार्यले नेपालको विकासमा साझोदारको तथा निजी क्षेत्रका समस्याहरूको समाधानमा काम गर्दै आएको पनि उनले बताए ।

यस फ्रेमवर्क अन्तरगत विश्व बैंकले कुल ३ खर्ब ६८ अर्ब रुपैयाँ सहयोग गर्नेछ । यो रकम रोजगार सृजना, सबल सञ्जाल र सेवामा पहुँचलगायतका उपलब्धिका लागि परिचालन हुनेछ । साथै प्रकृतिक प्रकोपको प्रतिरोधात्मक क्षमता बढाउन र जलवायु जोखिमको न्यूनीकरणका लागि पनि परिचालन हुनेछ ।

फ्रेमवर्कको पहिलो चरणमा नीतिगत सुधार, पर्यटन, प्राविधिक सञ्जाल, संयुक्त सहरी विकास जस्ता रोजगार सृजनाका इन्जिनको रुपमा रहेका क्षेत्रलाई प्राथमिकतामा राखिने जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours