सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि बढोत्तरी

२० जेठ, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २५२.०९ अमेरिकी डलर र ३३.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours