राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

१८ जेठ, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा थापा पक्राउ परेका हुन् ।

प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको हो । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् ।राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours