१५ जेठ, काठमाडौँ । काठमाडौंमा नकपा एमालेले उत्सव मनाइरहेको छ । नेकपा एमालेका कार्यकर्ताहरूले नाराबाजीसहित भृकुटीमण्डप, शान्तिबाटिका भद्रकाली लगायतका क्षेत्रमा उत्सव मनाइरहेका छन् ।
वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शनका लागि राजावादी समूह राजधानीको शान्तिबाटिकामा भेला हुन थालेका छन् ।
शान्तिबाटिकामा वारि राजावादी छन् भने पारि एमालेको प्रदर्शन भइरहेको छ । बिचमा भने ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
एमालेको उत्सव ¥यालीका क्रममा राजावादी समूहसँग जम्काभेट भएको छ । एमालेको प्रदर्शन भन्दा अगाडी नै शान्ति बाटिकामा जम्मा भएका राजावादीसँग एमाले कार्यकर्ताको जम्का भेट भएको हो ।
संयुक्त जनआन्दोलन समितिको अगुवाइमा बिहीबार राजावादीले शान्तिबाटिकामा प्रदशर्न गर्न लागेका हुन् ।
स्थानीय प्रशासनले राजावादी समूहलाई दिउँसो २ बजेपछि प्रदर्शनको समय दिएको छ । सोहीअनुसार राजधानीका विभिन्न स्थानबाट र्यालीसहित राजावादी समूह भेला हुन सुरु भएको हो।





+ There are no comments
Add yours