१४ जेठ, काठमाडौं । भारतको बिहार राज्य अन्तर्गत सारणमा गोली हानेर दुई जनाको हत्या भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति अमरेन्द्रकुमार सिंह र उनका साथी शम्भुनाथ सिंहमाथि गोली प्रहार भएको हो ।
अमरेन्द्र गोदरेज शोरुमका सञ्चालक हुन् । शोरुम बन्द गरेर घर फर्कने क्रममा उनीहरूमाथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि छपरा सदर अस्पताल पुर्याइएको भए पनि चिकित्सकहरूले दुवै जनालाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार मंगलबार राति ८ बजे छपरा टेलिफोन एक्सचेन्ज नजिकै उनीहरूमाथि गोली हानिएको थियो ।
सारण प्रहरीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘घटनामा संलग्न आपराधिक व्यक्तिहरू छिट्टै नियन्त्रणमा लिन अधिकारीहरूलाई निर्देशन दिइसकेको छ । सुरक्षा व्यवस्था कडा पारी अनुसन्धान भइरहेको छ ।’


+ There are no comments
Add yours