अमेरिकाबाट डिपोर्ट भएका ३५ नेपालीसँग प्रहरीको सोधपुछ

०४ मंसिर, काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएर काठमाडौँ ओर्लिएका ३५ जना नेपाली नागरिकहरूसँग प्रहरीले सोधपुछ गरेको छ ।

बुधबार साँझ चाटर्ड विमान मार्फत काठमाडौँ आइपुगेकाहरूसँग प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतहरूले सोधपुछ गरेका हुन् ।

डिपोर्ट भएका मध्ये ३३ जना मानव तस्करको पञ्जामा परेर तल्लो बाटो हुँदै अमेरिका पुगेको थाहा भएको छ ।

एक जना विद्यार्थी भिसामा गएर काम गरेको भेटिएपछि डिपोर्ट भएका हुन् । अर्का एक जना भिजिट भिसामा गएर लुकेर बसेपछि डिपोर्ट भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए । उनले भने, ‘उनीहरूलाई पठाउने गिरोहबारे हामीले सोधपुछ गरेका छौँ ।’

Shivam Cement
प्रहरीले उनीहरूलाई गिरोह विरुद्ध जाहेरी दिन आग्रह गरेको छ । डिपोर्टमा हुनेमा सबैभन्दा धेरै दाङ, रुकुम पूर्व र पश्चिमका छन् ।

अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो ।

अमेरिकी प्रशासनले यसअघि पनि नेपालीहरूलाई डिपोर्ट गर्दै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours