कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङलाई

१३ जेठ, काठमाडौँ । कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङले हात पारेको छ। आइतबार काठमाडौंमा सम्पन्न फाइनल चरणमा ९ वटा टीमलाई पाखा लगाउँदै एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टरले उपाधि जितेको हो ।

कोसी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै प्रवर्द्धनात्मक योजनाहरुको खोजी गर्न एलिसन हस्पिटालिटीले आयोजना गरेको कोसी प्रोजेक्ट शो केसको फस्ट रनरअप पुल्चोक इन्जिनियरिङ कलेजको फुल्चोक इयर फाइभ हुँदा सेकेण्ड रनरअप भने नेपाल इन्जिनियरिङ कलेजको एग्रो वस्ती भएको छ ।

प्रतियोगिताको उपाधि हात पार्ने एक्मी कोस्टरले नगद १ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । फस्ट रनरअपले ५० हजार रुपैयाँ तथा सेकेण्ड रनरअपले २५ हजार रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार समेत प्राप्त गर्नेछन् । उनीहरुसँगै प्रतियोगिताका उत्कृष्ट १० टिमले अब उक्त प्रोजेक्टहरुलाई कोसी प्रदेशमा लगानीकर्ता, स्टेक होल्डर्स माझ पुनः प्रदर्शनी गरेपछि पुरस्कार प्रदान गरिनेछ ।

फाइनल चरणमा छनौट भएका टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थल डाँडा बजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानीटार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुङ्गा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको परियोजनाहरू तयार पारेकोमा सोको डमी प्रदर्शनीमा राखिएको थियो ।कोसी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतले कोसी प्रोजेक्ट सो केशलाई सहयोग गरेका थिए । प्रतियोगिताको इभेन्ट म्यानेजमेन्ट काफल इभेन्टले गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours