आईपीएलमा तीन फरक टिमलाई शीर्ष २ मा पुर्‍याउने श्रेयस पहिलो कप्तान

१३ जेठ, काठमाडौं । भारतीय ब्याटर श्रेयर अय्यरको कप्तानीमा पञ्जाब किङ्सले ११ वर्षपछि आईपीएलको प्लेअफमा पुगेर शीर्ष २ मा नै स्थान बनाउँदै क्वालिफायर १ मा स्थान सुरक्षित गरेको छ।

सोमबार भएको आफ्नो अन्तिम लिग खेलमा पञ्जाबले मुम्बई इन्डियन्सलाई सात विकेटले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ । अब मंगलबारको खेलमा बेंगलुरुले नेटरनरेटमा उछिन्ने गरी नजिते पञ्जाबले लिग चरण शीर्षमै रहेर फिनिस गर्नेछ ।

श्रेयर अय्यरले गत वर्ष कोलकाता नाइट राइडर्सको कप्तानी गर्दै उपाधि दिलाएका थिए । यस सिजन मेगा अक्सनअघि कोलकाताले रिलिज गरेपछि पञ्जाबले उनलाई २६ करोड ७५ लाख भारुमा आफ्नो टोलीमा समावेश गरेको थियो ।

उनले कप्तानीसहित उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै त्यो लगानी उचित भएको प्रमाणित गरेका छन्। त्यसैगरी उनले आईपीएल इतिहासमा अहिलेसम्म कसैले पनि हासिल नगरेको कीर्तिमान समेत बनाएका छन्। कोलकाता भने यसपटक लिग चरणबाटै बाहिरिएको छ ।

श्रेयर अय्यरले कोलकाता भन्दा अघि दिल्ली क्यापिटल्सको पनि कप्तानी गरेका थिए । आईपीएल इतिहासमा तीन फरक टोलीको कप्तानी गरेर तीनै टोलीलाई शीर्ष दुई स्थानमा पुर्‍याउने पहिलो कप्तान बनेका छन्।

उनको कप्तानीमा सन् २०२० को आईपीएलमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा लिग चरण फिनिस गरेर फाइनलसम्मै पुगेको थियो । त्यस्तै गत सिजन कोलकातालाई उपाधि दिलाए भने यस सिजन पञ्जाबलाई फाइनलको नजिक पुर्‍याइसकेका छन् ।

दिल्ली क्यापिटल्समा सहकार्य गरेका प्रशिक्षक रिकी पोन्टिङ पनि यसपटक पञ्जाबको प्रशिक्षक छन् । यसपटक पोन्टिङ-श्रेयसको जोडीले पञ्जाबलाई उपाधि दाबेदारका रूपमा उभ्याएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours