१२ जेठ, काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकको विभिन्न कालखण्डमा ज्यान गुमाएका सहिदहरुको सपना पूरा गर्न सरकार गम्भीर रहेको बताएका छन ।
काठमाडौंको गोकर्णमा रहेको राष्ट्रिय शहिद तथा शान्ति स्मारक पार्कको १९ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री शाही ठकुरीले सो कुरा वताएका हुन् । सहिद परिवार तथा जनआन्दोलनमा घाइते तथा बेपत्ता भएका नेपालीहरुको खोजी गरि न्याय दिलाउने आयोग मार्फत समन्वय गरि काम गरिएको मन्त्री शाहिले बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत सहिद परिवार र घाइते भएका व्यक्तिहरुको उचित न्याय प्राप्तिका लागि उनले विशेष पहल गरिने बताए।
वन मन्त्री शाही ठकुरीले देशको उन्नति र प्रगतिका लागि सबै संगसगै लाग्नुपर्ने बताउदै सबै तहको सरकार मिलेर सबैको साझा प्रयात्नका साथ सहिदको सपना पुरा गर्नुपर्ने बताए । आगामी दिनमा सहिद पार्कको परिकल्पना अनुरुप काम गर्न सरकार सकारात्मक रहेको र सहयोग रहने प्रतिबद्धता गरे ।
त्यस्तै संविधान सभा सदस्य एवम् बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयालले २००७ सालको क्रान्तिपछि मुलुकमा प्रजातन्त्र प्राप्त गर्न आफ्नो ज्यानको बलिदान दिएर व्यवस्था परिवर्तनमा ठूलो योगदान पुर्याएको सम्झना गराउदै राष्ट्र निर्माणमा सबै एक जुट भएर लाग्नुपर्ने बताए । सहिदको सपना पूरा गर्न जनपक्षीय ढंगबाट काम गर्नुपर्ने बताउदै सबै राजनीतिक पार्टीहरु राष्ट्रिय झण्डमुनि बसेर काम गर्न आग्रह गरे । सहिद पार्कलाई साझा सम्पत्तिको रूपमा विकास गरि लोकतन्त्रको रक्षा गर्नुपर्ने बताउदै पूर्वमन्त्री फुयालले सामाजिक तथा राजनीतिक व्यवस्था परिवर्तनमा योगदान पुर्याएका योगमाया र मदन भण्डारीको समेत प्रतिमा समेट्न आग्रह गरे ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसालले राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्कलाइ व्यवस्थित बनाउन नगरबाट सहयोग भइरहेको बताए । प्रमुख रिसालले पार्कभित्र सुरक्षाको लागि भवन, जनजाति संग्रहालय स्थापना, खेलग्राम लगायत संरचना निर्माणमा नगरपालिकाबाट प्रत्यक्ष रुपमा सहयोग पुर्याउदै आएको बताए । परिकल्पनाकार तथा पार्कका अध्यक्ष सुदर्शन सिग्देलले सहिदको सम्मानको लागि गरेको उत्कृष्ट कार्यको प्रशंसा गर्दै नगरपालिकाबाट सहिदको सपना पूरा गर्न समन्वय जारी राख्ने प्रतिबद्धता गरे ।
राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्कको १९ औं स्थापना दिवसको अवसरमा आयोजित सो कार्यक्रम पार्कका अध्यक्ष सुदर्शन सिग्देलको सभापतित्वमा भएको थियो । राजकुमार केसिले सन्चालन गरेको सो कार्यक्रममा विभिन्न सहिद परिवार तथा जनआन्दोलनमा घाइते भाएका र स्थानीय संघसस्थाहरुबाट प्रतिनिधिहरु सहभागी रहेका थिए ।


+ There are no comments
Add yours