स्मार्टफोनको आयात बढ्दो, १ महिनामै भित्रियो साढे ३ अर्ब हाराहारीको डिभाइस

१० जेठ, काठमाडाैँ । नेपालमा स्मार्टफोनको आयात बढ्ने क्रममा महिनैपिच्छे तीव्रता देखिँदै आएको छ। २०८२ सालको वैशाख महिनामा पनि यो प्रवृत्तिले निरन्तरता पाएको छ।

भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ को २०८२ वैशाख मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार २८ अर्ब ७६ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

चालु आर्थिक वर्षको यो अवधिसम्म उक्त रकम बराबरको १७ लाख ८५ हजार ६५४ थान स्मार्टफोन आयात भएको हो।

तुलनात्मक रुपमा हेर्दा अघिल्लो महिना अर्थात् चैत्र मसान्तबाट २०८२ वैशाख मसान्तसम्म आइपुग्दा ३ अर्ब ३८ करोड ४४ लाख ८१ हजार बराबरको २ लाख ६९८ थान स्मार्टफोन आयात भएको देखिन्छ।

चालु आर्थिक वर्षको दशौं महिनामा सरकारले स्मार्टफोनको आयातबाट ५ अर्ब ३६ करोड २९ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ६१ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट १७ अर्ब २६ करोड ६० लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ४७ हजार ५५८ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट ७ अर्ब ६४ करोड २३ लाख ३२ हजार रुपैयाँ बराबरको ३ लाख ३० हजार ८०८ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।

बाँकी ५७ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएका छन्।

यस्तो छ उत्कृष्ट ३ अंकसम्मको परिमाणमा आयात भएका देशको विवरण:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
१चीन१४२०७३७१९९२७८९६
२भारत३५७८०८८३१९०३२
३भियतनाम१०२९१५९४
४अमेरिका१११८१२८४९४
५जापान९०३७३६७४
६अस्ट्रेलिया५१६७०१८१
७द. कोरिया५१०३५८३०
८यूएई८७४९८५८५
९कतार३३७४४२५२
१०कुवेत११८२८७५
११बेलायत१६८१७७०७
१२हङकङ१२२११५८०
१३माल्दिभ्स१००१७०
१४क्यानडा१००९९२७

यी बाहेकका अन्य ४८ देशबाट ३ हजारदेखि २४ लाख १० हजारसम्मको १ देखि ४५ थानसम्मा स्मार्टफोन आयात भएको प्रतिवेदनमा उल्लेख छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours