०५ जेठ, काठमाडौं । मकाउमा सगरमाथा दिवस हुने भएको छ। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन मकाउको आयोजना र कारितास मकाउ वेलएन्सर सेन्टरको सहआयोजनामा हुन लागेको कार्यक्रम १ जुनमा हुने भएको हो।
कार्यक्रममा नेपाली संस्कृति झल्कने सांगीतिक प्रस्तुति रहेनछन्।
कवि गोपाल योञ्जनको राष्ट्रिय गीत ‘पश्चिम कोही पूर्व घर’ मा नैनाकला गुरुङ, पार्वती राई, एमबहादुर वाइबा (बाबु) र त्रिपक श्रीष मगरको सामूहिक नृत्य रहनेछ। त्यस्तै, विशाल लामा, संगीता खनाल, सम्झना तमखु श्रेष्ठ, सन्जु नगरकोटी, जानुका, जीवना र सेनामले पनि नृत्य प्रस्तुत गर्ने छन्।
यसैगरी, पेम्बा ग्याबु शेर्पा, विश्राम गुरुङ र केशव राईले गायनमार्फत दर्शकलाई मनोरञ्जन दिलाउनेछन्।

कार्यक्रममा ‘द पिनाकल ब्यान्ड’ले पनि विशेष प्रस्तुति दिनेछ। सम्पूर्ण कलाकारको प्रस्तुति स्वयंसेवी रूपमा रहने आयोजकले जनाएको छ।
मकाउका नेपालीले ‘सगरमाथा दिवस’ मनाउन लागेको यो तेस्रो पटक हो।


+ There are no comments
Add yours