०४ जेठ, काठमाडाैँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन्।
शनिबार साँझ उनले आफ्नो सामाजिक सञ्जाल ह्यान्डल ट्रुथ सोसलमा लेखेका छन्, ‘म सोमबार बिहान १० बजे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्नेछु। हाम्रो वार्ताको एजेन्डा रक्तपात अर्थात् मृत्यु रोक्नु र व्यापार गर्नु हुनेछ।’
यसपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटो गठबन्धनका अन्य सदस्यसँग पनि कुरा गर्ने उनलेे उल्लेख गरेका छन्।
उनले अगाडि लेखेका छन्, ‘मलाई आशा छ- यो एक उत्पादक दिन हुनेछ, युद्धविराम हुनेछ र यो हिंसात्मक युद्ध, जुन कहिल्यै हुनुहुँदैन थियो, रोकिनेछ।’
शुक्रबार रुस र युक्रेनबीच इस्तानबुलमा शान्ति वार्ता भएको थियो, जसमा दुवै पक्षले एक/एक हजार युद्धबन्दी आदानप्रदान गर्न र युद्धविरामका लागि आआफ्ना प्रस्ताव प्रस्तुत गर्न सहमत भएका छन्।
तर उक्त बैठकमा न युक्रेनी राष्ट्रपति जेलेन्स्की न रुसी राष्ट्रपति पुटिन उपस्थित भए।


+ There are no comments
Add yours