नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार

३१ वैशाख, काठमाडौँ । नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ । नेपालको प्रसिद्ध एवं सुन्दर पदयात्रा गन्तव्यको रुपमा परिचित रहेको लाङटाङ–क्यान्जिन पदमार्गमा सो क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको हो ।

काठमाडौँबाट नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकहरुलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरुसँग साटासाट गर्न सहयोग पुग्नेछ ।

समुद्री सतहबाट करिब ३ हजार ८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरेर कम्पनीले सेवा सञ्चालनमा ल्याएको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको यो सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours