३० वैशाख, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङ स्थित मदन भण्डारी राजमार्गमा कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
उदयपुरको कटारीबाट सिन्धुलीको डकाहातर्फ जाँदै गरेको बीएबी ०१८८ नम्बरको ल्यान्ड क्रुजर कारले खोरभञ्ज्याङमा अन्दाजी १० वर्षीय बालक मन्देश सदालाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


+ There are no comments
Add yours