२२ वैशाख, काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपुर्तीकर्तासँग लिखित स्पष्टीकरण मागेको छ ।
कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखि पठाएकोले कालोसुचीमा राख्न नपर्ने आधार प्रमाण भए पेश गर्न भनेको हो ।
कार्यालयका अनुसार विशाल होम निर्माण सेवा उदयपुरगढी ७ उदयपुर, मष्टा कन्स्ट्रक्सन एण्ड सप्लायर्स सेरु गाउँपालिका १० मुगु, डि.जी इगल कन्स्ट्रक्सन एण्ड सप्लायर्स टोखा ७ काठमाडौँ, विश्वास निर्माण सेवा थाहा नगरपालिका ३ मकवानपुरलाई लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।
यस्तै, जी बी मेटल क्रफ्ट इन्डस्ट्रीज एण्ड सप्लायर्स विरगंज पर्सा, सप्तकोशी जलाधार निर्माण कम्पनी नयाँ बानेश्वर काठमाडौँ, क्वालिटी इन्द्रमती कन्स्ट्रक्सन सप्लायर्स ओम बहाल काठमाडौँसँग पनि स्पष्टीकरण मागेको छ ।
यसैगरि अमिरलाल यादव फेटा गाउँपालिका ३ बारा, अरिभ निर्माण सेवा काठमाडौँ १० काठमाडौँ र शर्मा धुलिखेल जे.भी बानेश्वर १० काठमाडौँलाई लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।
कार्यालयले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आधार र प्रमाण सहित लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।


+ There are no comments
Add yours