एक साता वर्षाको सम्भावना

१९ बैशाख, काठामडाैँ । रातमा बादल बन्ने र दिनमा वर्षा हुने क्रम केही दिन जारी रहने उहाँले बताउनुभयो । पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र अन्यत्र बदलीसहित शीतल वातावरणको विकास हुने सम्भावना रहेको छ । यसले बढेको तापलहरको तातोलाई केही समयका लागि निमिट्यान्न पार्ने सङ्केत गरेको उहाँले जानकारी दिनुभयो । पश्चिमको तुलनामा देशको पूर्वी भूभागमा बढी वर्षा हुने भएको छ ।

मनसुन भित्रन अझै एक महिना समय बाँकी रहेकाले अहिलेको गतिविधिले प्रिमनसुन थप सक्रिय बनाएको महाशाखाले औँल्याएको छ । देशका सबै प्रदेशमा दिनमा बढी बादल र वर्षा हुने छ भने रातमा कतै कतै मात्र हल्का वर्षाको सम्भावना रहेको छ ।

थोरै समयका लागि घाम लागे पनि फेरि बदली हुँदै पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात गराउने सम्भावना रहेको जनाइएको छ । नयाँ प्रणाली नजोडिएको खण्डमा अर्को साताको बुधबारदेखि मौसम सफा हुने सम्भावना रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours