१७ वैशाख, काठमाडौं । सत्तारुढ दलहरुले काठमाडौँमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएका छन् । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आज दिनभरीमा सरकार र शिक्षकहरुबीच सहमति हुने बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएका ज्ञवालीले जानकारी दिए ।
‘भोलिदेखि सहज ढङ्गले पठन पाठन हुने वातावरण निर्माण गर्ने सहमति भएको छ । शिक्षकहरूले माग गर्दै आएका ऐन बनाऊ विधेयक एउटा पक्रियामा भएकाले केहि ढिलाइ भएको हो,’ उनले भने, ‘मलाई विश्वास छ । शिक्षकहरूले आन्दोलन स्थगित गरी पठनपाठन हुने विश्वास लिएका छौँ ।’


+ There are no comments
Add yours