१७ वैशाख, काठमाडौं । बजारमा हरियो धनियाँको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार हरियो धनियाँको भाउ घटेको हो ।
बुधबार हरियो धनियाँ प्रतिकिलो थोक मूल्य ६२ रुपैयाँले घटेको छ ।
मंगलबार हरियो धनियाँ प्रतिकिलो २ सय २ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
एक साताअघि धनियाँ प्रतिकिलो १ सय ६६ रुपैयाँमा कारोबार भएको थियो ।


+ There are no comments
Add yours