अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

०३ वैशाख, मोरङ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

जहदा र कटहरी जोड्ने पक्की पुल बुधबार उदघाटन गर्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवत–जावतमा सहजता थपिने विश्वास छ । ‘यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकी सहज हुने र आर्थिक गतिविधि पनि बढ्ने विश्वास लिएको छु’, पुल उदघाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने ।

उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन क्रियाशील रहेको पनि सिंहले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours