इसेवा र नेपाल एसबिआई बैंक बीच सहकार्य

०२ वैशाख, काठमाडौँ । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैंक बीच विद्युतीय कारोबार सम्बन्धि साझेदारी भएको छ । साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा नेपाल एसबिआइ बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन् ।

दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता औपचारिक कार्यक्रमका बिच दुवै संस्थाका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । साझेदारी पश्चात् नेपाल एसबिआइ बैंकको ग्राहकहरूले मोबाइल बैंकिङ एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताहरूले इसेवा वालेटमा भएको रकम नेपाल एसबिआई बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र नेपाल एसबिआई बैंक बीच भएको सम्झौताप्रति खुशी व्यक्त गरेका छन् । यस सहकार्यले दुवै संस्था बिच हुने रकम ट्रान्सफरको अनुभवलाई सहजता र सरलता प्रदान गर्ने विषयमा जोड दिएका छन् । साथै सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउने र डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने उनले उल्लेख गरेका छन् । खड्काले आउने दिनहरुमा ग्राहकहरूको हित तथा सहजताका लागि थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours