पूर्वयुवराज शाहलाई चौथो पटक हृदयघात, अवस्था सुधारोन्मुख

१९ फागुन, काठमाडौं । मुटुमा समस्या आएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ। अस्पतालका अनुसार उनकाे स्वास्थ्य परीक्षण भइरहेकाे छ।

पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार साँझ हृदयघात भएपछि अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार अनुसार पूर्व युवराज शाहको एन्जियो प्लास्टिक गरिएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शाहलाई चौथो पटक हृदयघात भएको बताइएको छ ।

अस्पताल भर्ना भएपछि पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours