सम्पदा संरक्षणमा महालक्ष्मी विकास बैंकको ‘वाकाथन’

१९ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘वाकाथन’ कार्यक्रम आयोजना गरेको छ ।

१५ देखि १६ फागुनमा बैंकको वार्षिक कार्यक्रम तथा दुई दिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बूढानीलकण्ठ नगरपालिका– १ तथा बूढानीलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको सफल आयोजना गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरिएको बैंकले जनाएको छ ।

बैंकका उच्च अधिकारी, कर्मचारी र सरोकारवालाको सक्रिय सहभागितामा सम्पन्न वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षाजस्ता महत्त्वपूर्ण विषयलाई प्राथमिकतामा राख्दै यस विशेष र्‍यालीको आयोजना गरिएको हो ।

बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यास अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढेका थिए । यस अवसरमा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकता माथि विशेष जोड दिइएको बैंकले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours