मुलुकका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्नेछः बाबुराम भट्टराई

२७ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले नेपालमा रहेका हरेक समस्या ठिक ढंगले समाधान गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै उनले निरपेक्ष गरिबी, चापिय गरिबी, बेरजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो समस्या भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा रहेका हरेक समस्या ठिक ढंगले गर्नुपर्ने आवश्यक्ता छ । निरपेक्ष गरिबी, चापिय गरिबी, बेराेजगारी, परनिर्भरता, आर्थिक समस्या नै नेपाली समाजको यतिबेलाको सबैभन्दा ठुलो समस्या हो । सबैको घरमा थाहा छ एक न एक जना विदेशिन बाध्य छन् । अब यसलाई कसरी समाधान गर्ने सोच्ने समय आएको छ ।’

त्यस्तै, उनले अहिले ‘तीनवटा टाउका’हरूले पालैपालो गरेर देशलाई खाइरहेको पनि आरोप लगाए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours