१८ माघ, काठमाडौं । सुनको मूल्य एकैदिन प्रतितोला २२ सय रुपैयाँले बढेको छ । बिहीबार १०० रुपैयाँले घटेको सुन शुक्रबार २२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७९६.२२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.४७ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours