२४ असाेज, काठमाडौँ । आज कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस वर्ष दसैँको अष्टमी/नवमी (२५ गते), र दशमी (२६ गते) का दिनहरूमा कोशी प्रदेश र मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताइएकाे छ ।
ती दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना देखिएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


+ There are no comments
Add yours