ढ्यापढ्यापे समयमा तत्कालको विषय मात्रै उठाउन सांसदहरूलाई सभामुखको आग्रह

१२ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरूलाई ढ्यापढ्यापे समयमा तत्कालको विषय मात्रै उठाउन सांसदहरूलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सभामुख घिमिरेले यस्तो आग्रह गरेका हुन् ।

बैठक सुरु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले ढ्याप ढ्यापे गरेर समय मागेका थिए । त्यसक्रममा सभामुख घिमिरेले आकस्मिक समयमा आकस्मिक विषय मात्रै उठाउन सकिने प्रतिनिधि सभा नियमावलीको व्यवस्था स्मरण गराए ।

‘आकस्मिक समयमा हाम्रो नियमावलीले व्यवस्था गरेको नियमावली १५ को प्रतिवन्धात्मक वाक्यमाथि ध्यान राखेर यहाँले अभिव्यक्ति दिनुहुनेछ’ सभामुख घिमिरेले भने ।

प्रतिनिधि सभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ । यहीँनेर आकस्मिक समय सम्बन्धी व्यवस्था समेत राखिएको छ ।

‘सदस्यले आवश्यक महसुश गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले शून्य र विशेष समय तोक्न सक्नेछ । तर अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भिर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ’ नियम १५ मा भनिएको छ ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours