१५ कार्तिक, काठमाडौँ । डोल्पाको शे–फोक्सुन्डो ताल भ्रमणमा निस्किएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।
नेपाल भ्रमणमा आएका उनीहरू शे–फोक्सुन्डो गाउँपालिका–८, रिग्मोस्थित फोक्सुन्डो ताल जाने क्रममा सम्पर्कविहीन भएका हुन् ।
डोल्पाका उच्च हिमाली क्षेत्रमा शनिबार हिमपात भइरहेको छ । लगातारको हिमपात र प्रतिकूल मौसमका कारण जनजीवन तथा आवागमन प्रभावित भएको छ । प्रतिकूल मौसम र हिमपातका कारण पर्यटकको खोजी गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।


+ There are no comments
Add yours