एनपीएलको टिकट : साधारणको पाँच सय, प्रिमियमको हजार रुपैयाँ

०६ कार्तिक, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकट मूल्य निर्धारण गरेको छ ।

क्यानले सार्वजनिक गरेको टिकट दरअनुसार लिग चरणका खेलका लागि साधारण टिकट ५ सय रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य १ हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतियोगिताका टिकट आज साँझदेखि इसेवामार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ । एनपीएलको तेस्रो संस्करण सोमबारदेखि टीयू क्रिकेट स्टेडियममा सुरु हुँदै छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours