चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा परिवर्तन ल्याएको छ ।
०५ कार्तिक, काठमाडाैँ । रामेछाप, पाल्पा, ताप्लेजुङ — दसैं भन्नेबित्तिकै चंगा, पिङ, गाउँघरमा गुञ्जिने मौलिक भाका र आफन्तजनसँगको भेटघाट सम्झनामा आउँछ । तर बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा दसैं मनाउने पुराना शैली विस्तारै हराउँदै छन् ।
गाउँघरमा लिंगे पिङ र चर्खे पिङ खेल्ने चलन पनि विस्तारै हराउँदै गएको छ ।



+ There are no comments
Add yours