०५ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ १० पैसा र बिक्रीदर १५३ रुपियाँ ७० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८२ पैसा र बिक्रीदर १७६ रुपियाँ ५१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ०८ पैसा र बिक्रीदर २०५ रुपियाँ ८८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ २२ पैसा र बिक्रीदर १८६ रुपियाँ ९५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ ९९ पैसा र बिक्रीदर १०९ रुपियाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ४४ पैसा र बिक्रीदर १०९ रुपियाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ९७ पैसा र बिक्रीदर १२० रुपियाँ ४५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८६ पैसा र बिक्रीदर २२ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७६ पैसा र बिक्रीदर ४० रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ०१ पैसा र बिक्रीदर ४२ रुपियाँ १७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६८ पैसा र बिक्रीदर ४१ रुपियाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ०४ पैसा र बिक्रीदर ११ रुपियाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५७ पैसा र बिक्रीदर १५ रुपियाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५२ पैसा र बिक्रीदर २३ रुपियाँ ६२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५२ पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ १३ पैसा र बिक्रीदर ५०० रुपियाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपियाँ १० पैसा बिक्रीदर ४०७ रुपियाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपियाँ २२ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


+ There are no comments
Add yours