दिपु मिश्रको अध्यक्षतामा ११ सदस्य नेपाल प्रेस युनियन जिल्ला कार्य समिति रौतहटको चयन

०३ असोज, रौतहट । नेपाल प्रेस युनियन रौतहट शाखाको ७ औं जिल्ला अधिवेशनबाट दिपु मिश्रको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समितिको सर्व सहमतीबाट चयन गरिएको छ ।

गठित समितिको उपाध्यक्षमा सागर हुमागाई, महिला उपाध्यक्षमा सुप्रिया ढकाल, सचिवमा राकेशकुमार यादव, सहसचिवमा प्रकाश चौधरी, कोषाध्यक्षमा मोहम्मद मोजिबुल्लाहलाई सर्व सहमतीबाट चयन गरिएको हो ।

यसैगरी सदस्यहरुमा गोपाल हुमागाई, दिपक श्रीवास्तव, मो. ओजिर आलम, तनविर आलम र साहिल पुरी लाई कार्य समितिमा चयन गरियो ।
यस्तै केन्द्रीय पार्षदमा प्रभातकुमार झा, शम्भु थापा, सुमन गौतम, संगम श्रेष्ठ, नितेशकुमार गुप्ता, रुद्राकुमारी कार्की तथा प्रदेश पार्षदमा प्रकाश श्रेष्ठ, सवनम कुमारी साह र नन्दभुषण श्रीवास्तलाई सर्व सहमतीबाट चयन गरियो ।

केन्द्रीय प्रतिनिधि गणेश रिजाल, केन्द्रीय सदस्य संजय कार्की र शिव पुरीको उपस्थितिमा उक्त कार्य समितिको चलन भएको छ । नवगठित कार्य समितिलाई केन्द्रीय प्रतिनिधि सहितका पदाधिकारीहरुले सफल कार्यकालको शुभकामना दिदै बधाई दिए ।

कार्यक्रम रौतहटको चन्द्रनिगाहपुरमा आज सम्पन्न भयो । कार्यक्रमको सुरुमै हालै दिवंगत भएका नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष प्रिमेश शिवाकोटी प्रति श्रद्धाञ्जली तथा शोक वक्तव्य पारित गर्दै कार्यक्रम संचालन भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours