५२ हजार मानिसलाई पुग्ने राहत सामग्रीसहित कतारको विमान नेपाल आइपुग्यो

१६ भदाै, काठमाडौँ । भोटेकोसी बाढी प्रभावितका लागि अत्यावश्यक मानवीय सहायता सामग्री बोकेर कतारी सशस्त्र सेनाको विमान नेपाल आइपुगेको छ।

कतार फन्ड फर डेभलपमेन्टले उपलब्ध गराएको राहत सामग्री बोकेको कतार इमीरी एयर फोर्सको जहाज सोमबार काठमाण्डु आइपुगेको हो ।

उक्त सामान बाढी प्रभावित क्षेत्रमा वितरण गरिने जनाइएको छ। राहात सामाग्री सोमबार नै नवप्रर्वतन मन्त्री महाविर पुनलाई हस्तान्तरण गरिएको कतारको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सहायता सामग्री करिब ५२ हजार मानिसलाई लाभ पुग्ने उक्त राहत सामग्रीमा पानी निकाल्ने तथा पम्प गर्ने उपकरण, प्रकाशका सामग्री, खाद्यान्न तथा बहुउद्देश्यीय टेन्ट रहेका छन्। विशेषगरी खानेपानी र अत्यावश्यक सेवामा पहुँचको समस्या भोगिरहेका क्षेत्रका परिवार तथा बालबालिकाका आधारभूत मानवीय आवश्यकता पूरा गर्न यी सामग्री उपयोगी हुने बताइएको छ।

कतारको आन्तरिक सुरक्षा बल (लेख्विया) अन्तर्गतको कतारी अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह पनि सहायता प्रभावित क्षेत्रमा पुर्‍याउन तथा स्थलमै मानवीय उद्धार तथा राहत कार्यमा सहभागी भएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours