नुवाकोटको ढुङ्गे क्षेत्रमा अवरुद्ध यातायात सञ्चालनमा

१६ भदाै, काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा बाढीले अवरुद्ध पारेको यातायात सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाढीले क्षति पुर्‍याएका सडक र डुबानमा परेका बस्तीहरूलाई खुलाउन जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएसँगै सवारीसाधन सञ्चालनमा आएर आवागमन सहज भएको हो।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध सफलतापूर्वक हटाइएको छ। यो सडक सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा शव व्यवस्थापन गर्न, क्षति पुग्न बाँकी घरहरूबाट सामानहरू सङ्कलन गर्न तथा बेत्रावतीसम्म पुग्न निकै सहज भएको छ। सडक मर्मतका लागि हेभी उपकरणसहित आवश्यक जनशक्ति खटाउन समेत यसले बाटो खुलाएको नगरप्रमुख श्रेष्ठले बताए।

ढुङ्गेलगायतका बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सडक खुलाउन सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरण तथा प्राविधिक जनशक्ति उपलब्ध गराएका थिए भने यस कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अत्यावश्यक र सराहनीय सहयोग पुर्‍याएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours