कुन सहरमा वर्षाको सम्भावना कति ?

०३ भाद्र, काठमाडौँ । आज बुधबार दिउँसो र राति देशका अधिकांश सहरमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने पूर्वानुमान छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार पोखरामा आज दिउँसो पानी पर्ने सम्भावना सबैभन्दा बढी ७० प्रतिशत छ। पोखराको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहनेछ।

काठमाडौँ उपत्यकामा दिउँसो र राति दुवै समय ६० प्रतिशत वर्षाको सम्भावना छ। यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री र न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म रहने आकलन गरिएको छ।

तराई क्षेत्रका नेपालगन्ज र भैरहवामा आज अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ। यी क्षेत्रमा दिउँसो र राति मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै दिपायल, धनगढी, सिमरा र जनकपुरमा पनि अधिकतम तापक्रम ३२ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहनेछ।

उच्च पहाडी तथा हिमाली भेगमा चिसो बढ्ने देखिएको छ। जोमसोमको न्यूनतम तापक्रम १३ देखि १५ डिग्री र जुम्लाको १४ देखि १६ डिग्री सेल्सियस रहने पूर्वानुमान छ। यस्तै डडेलधुरा, ओखलढुङ्गा, धनकुटा, ताप्लेजुङ र जिरी लगायतका पहाडी जिल्लाहरूमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours