आज राष्ट्रिय सूचना दिवस : नागरिकको सूचनाको हक कार्यान्वयनमा जोड

०३ भाद्र, काठमाडौँ। नागरिकको सूचनाको हक कार्यान्वयनको स्मरणमा आज (बुधबार) देशभर राष्ट्रिय सूचना दिवस मनाइँदैछ।

नेपालमा प्रत्येक वर्ष भदौ ३ गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। सूचनाको हकसम्बन्धी ऐन, २०६४ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

सूचनाको हकसम्बन्धी ऐन २०६४ साउन ५ गते प्रमाणीकरण भएको थियो। ऐनले सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचना नागरिकले माग्ने र प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ।

राष्ट्रिय सूचना दिवसको मुख्य उद्देश्य सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र जवाफदेही बनाउँदै नागरिकलाई सार्वजनिक सूचना सहज रूपमा उपलब्ध गराउनु हो।

सूचनाको हकले नागरिकलाई सार्वजनिक निकायसँग सम्बन्धित सूचना माग्ने, प्राप्त गर्ने र सार्वजनिक सरोकारका विषयमा जानकारी हासिल गर्ने अधिकार प्रदान गरेको छ। यसले सुशासन, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

दिवसका अवसरमा राष्ट्रिय सूचना आयोग तथा विभिन्न सरकारी निकायले सूचनाको हकको प्रभावकारी कार्यान्वयन, सार्वजनिक निकायमा सूचना प्रवाहको अवस्था र नागरिकको सूचनामा पहुँच बढाउने विषयमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours