०३ भाद्र, काठमाडौँ। स्वदेशमै रोजगारी सिर्जना गर्ने र विदेशमा रहेका नेपालीलाई फर्काउने वाचा गरेर निर्वाचनमा गएको रास्वपाले दुई सरकार बनाएको पनि चार महिना भैसकेको छ । नेपाली जनताले उनीहरुको वाचालाई विश्वास गरेर भोट पनि खन्याएकै हुन । तर सरकार बनेको यति लामो सय भैसक्दा पनि सुधारको कुनै छेकछन्द देखापरेको छैन । चुनावी घोषणापत्र अनुसारका काम किन भएनन् भनेर प्रश्न गर्ने मतदातालाई भोट फिर्ता लैजाउ भन्ने जवाफ नि थालेका छन् मन्त्रीहरु । कोही सांसदहरु प्रश्न गर्ने मतदातालाई ‘जाक्दिन्छु’ सम्म भन्न भ्याएका छन्् । विकास र समृद्धीको सपना देखेका नेपाली जनता यो सरकारको चालढाल देखेरै चकित छन् । अझ आश्चर्य त के छ भने रास्वपा सरकार बनेपछि विदेश जाने नेपालीको संख्या झन बढेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजार ४४१ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउनमा नयाँ र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजार ४४१ जना रहेको हो ।
चालु आवको साउनको यो संख्या गत वर्षको साउनको तुलनामा केही बढेको छ । गत आवको साउनमा विदेश जाने ६८ हजार ११० जना थिए । यसैगरी चालु आवमा श्रमस्वीकृति लिने महिलाको संख्या गत वर्षको तुलनामा केही बढेको छ । विभागका अनुसार गत वर्षको साउनमा ९ हजार १६२ महिला रोजगारीका लागि विदेश गएका थिए । यो वर्ष साउनमा ९ हजार ९६९ जना छ ।
विभागले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको जनाएको छ । पछिल्लो समय स्वदेशमा रोजगारीको सम्भावना कम हुँदै गएपछि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको देखिन्छ ।
विभागले नेपालको आन्तरिक रोजगारीको विकल्पको रुपमा रहेको वैदेशिक रोजगारी कोभिड संक्रमणपछि लगातार उकालो लागेको जनाएको छ । विभागले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रमस्वीकृति लिनेको संख्या बढेको बताएको छ ।
मासिक रुपमा मात्र नभई वार्षिक रुपमा विदेश जानेको संख्या पनि बढ्दै गएको छ । कोभिड संक्रमणअघि वार्षिक रुपमा वैदेशिक रोजगारीमा औषत ५ लाख युवा जाने गरेकोमा सो समयपछि भने ८ लाख नजिक पुग्ने गरेको छ । गत आवमा रोजगारी खोज्दै विदेश जाने नेपाली युवाको संख्या ८ लाख नजिक पुगेको थियो । अघिल्लो आर्थिक वर्षको तुलना गत आवमा ४७ हजार कम युवा वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार अघिल्लो आवमा ८ लाख ३९ हजार २६६ युवा वैदेशिक रोजगारीमा गएका थिए ।
दुई आवको तुलना गर्दा घटेको देखिए पनि समग्र ५ वर्षमा भने बढेको देखिन्छ । अघिल्लो आवको तुलनामा गत आवमा ६ प्रतिशत कम युवा वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । अघिल्लो आवको तुलनामा कम युवा विदेश गएको देखिए पनि विगत ५ आवदेखि भने वैदेशिक रोजगारको इतिहासमा सबैभन्दा बढी युवाले विदेश जान श्रमस्वीकृति लिएर इतिहास नै कायम गर्दै आएको छ । विदेश जानेको समग्र संख्या बढ्दा विदेशबाट आउने रेमिटेन्स २२ खर्बभन्दा बढी पुगेको छ ।
आखिर किन नेपाली युवाहरु देशमा बस्न चाहिरहेका छैनन् ? यस विषयमा सरकारले केही सोचेको छ ? किन सरकारप्रति नागरिक विश्वस्त हुन सकिरहेका छैनन् ? मुखले भनेर मात्र हुन्छ ? देशमा बस्नको लागि सबभन्दा पहिले त त्यस अनुसारको वातावरण बनाउनुपर्यो । मुलुकमा लगानीको अवस्था बनाउनु पर्यो । रोजगारी सिर्जना गर्नुपर्यो । सरकार, सरकार जस्तो हुनुपर्यो ।


+ There are no comments
Add yours