कल्की जयन्तीको धार्मिक महत्व !

०२ भदाै, काठमाडौँ । आज २०८३ भाद्र २ गते मंगलबारको दिन कल्की जयन्ती हो। कल्की भगवान विष्णुको १० औं र अन्तिम अवतार हो।कलियुगको अन्तमा धर्मको स्थापना गर्न आउनुहुन्छ।
कुन-कुन शास्त्रले कल्किको बारेमा के भनेको छ त?
श्रीमद्भागवत पुराण – १२ औं स्कन्ध, अध्याय २
सबैभन्दा विस्तृत प्रमाण

अथासौ युगसन्ध्यायां दस्युप्रायेषु राजसु ।
जनिता विष्णुयशसो नाम्ना कल्किर्जगत्पतिः ॥

अश्वमाशुगमारुह्य देवदत्तं जगत्पतिः ।
असिना साधुना खड्गेन दुष्टान् भूमौ निहनिष्यति ॥

अर्थ:
युगको सन्धिमा जब राजाहरू डाँका जस्ता हुनेछन्, त्यसबेला जगतका स्वामी विष्णु विष्णुयश नामक ब्राह्मणको घरमा कल्कि नामले जन्मनुहुन्छ।

जगत्पति भगवान देवदत्त नामको छिटो दौडने घोडामा चढेर र हातमा सुन्दर तरवार लिएर दुष्टहरूलाई पृथ्वीबाट नाश गर्नुहुन्छ।
विष्णु पुराण – ४.२४.९७-९९

सम्भले ग्रामे मुख्यस्य ब्राह्मणस्य महात्मनः ।
भवने विष्णुयशसः कल्किः प्रादुर्भविष्यति ॥

दुष्टानां निग्रहार्थाय धर्मसंस्थापनाय च ।
अवतीर्णो जगन्नाथः कल्किरूपेण केशवः ॥

अर्थ:
शम्भल गाउँ मा महान ब्राह्मण विष्णुयशको घरमा कल्कि प्रकट हुनुहुन्छ।
दुष्टहरूको दमन र धर्मको स्थापनाका लागि जगतका नाथ केशव कल्कि रूप मा अवतार लिनुहुन्छ।
कल्कि पुराण – १.२.१५-१८

कल्किलाई मात्र समर्पित पुराण

कल्किः कृष्णो जगन्नाथो धर्मस्य परिरक्षिता । चतुर्भुजो गदापाणिः शंखचक्रगदाधरः ॥

दुष्टक्षयकरः श्रीमान् क्षत्रियाणां च दण्डकः । सत्यधर्मप्रवर्तकः कल्किरूपो जनार्दनः ॥

अर्थ:
कल्कि नै कृष्ण हुननु हुन्छ,जगतका नाथ हुन्, धर्मका रक्षक हुनु हुन्छ।
४ हात हुनु भएको गदा धारण गर्ने, शंख-चक्र-गदा धारी हुनु हुन्छ।
दुष्टको नाश गर्ने, दुराचारी क्षत्रियलाई दण्ड दिने,
सत्य धर्म चलाउने कल्कि रूपका जनार्दन हुनु हुन्छ।
महाभारत – वन पर्व १९०.९०-९३

ततः कल्किरविर्भूय ब्रह्मणो वीर्यमास्थितः ।
क्षत्रियान् क्षयिष्यति दुष्टान् लोकस्य शत्रून् ॥

अर्थ:
त्यसपछि कल्कि प्रकट भएर ब्रह्मतेज धारण गरेर
लोकका शत्रु दुष्ट क्षत्रियहरूको नाश गर्नुहुन्छ।
अग्नि पुराण – १६.७-९

इति कृते कल्किरूपं भविष्यं मे शृणुष्व तत् । म्लेच्छाच्छन्नेषु राजसु दस्युप्रायेषु वै द्विज ॥

अर्थ:
हे द्विज! अब मेरो भविष्यको कल्कि रूप सुन।
जब राजाहरू म्लेच्छ र डाँकाजस्ता हुनेछन् त्यसबेला म कल्कि भएर आउँछु।

कल्कि अवतारका ७ मुख्य विशेषता – शास्त्र अनुसार-
१. जन्म स्थानशम्भले ग्रामे- विष्णु पुराण भारतको शम्भल गाउँ | २. पिता-माता*विष्णुयशसः सुमत्याश्च – भागवत १२.२.१८ | पिता विष्णुयश, आमा सुमति | ३. वाहनदेवदत्तम् अश्वम्- भागवत १२.२.१९ | देवदत्त नामको सेतो घोडा | ४. हतियार*असिना साधुना खड्गेन – भागवत | दिव्य तरवार |
५. उद्देश्यदुष्टानां निग्रहार्थाय- विष्णु पुराण | दुष्ट नाश र धर्म स्थापना | ६. रूप*चतुर्भुजः – कल्कि पुराण | ४ हात, शंख-चक्र-गदा-पद्म | ७. समययुगसन्ध्यायाम्` – भागवत | कलियुगको अन्त, सत्ययुगको सुरु |

आशाको सन्देश: कलियुग जति खराब भए पनि धर्मको जित निश्चित छ।भागवत १२.३.५२
पाप नाश: यस दिन व्रत, जप, दान गरे १००० वर्षको पाप नाश हुन्छ।

कल्कि पुराण
रक्षा कवच: मन्त्र जपे संकटबाट रक्षा हुन्छ।कल्कि गायत्री र मुख्य

मन्त्र १: कल्कि गायत्री
ॐ देवदत्ताय विद्महे ।
कल्किरूपाय धीमहि ।
तन्नो विष्णुः प्रचोदयात् ॥

२: मूल मन्त्र
ॐ ह्रीं क्लीं श्रीं कल्कये नमः

३: प्रार्थना – कल्कि पुराण
नमो नमस्ते खलयुगविध्वंसाय
धर्मसंस्थापनाय च ।
कल्किरूपधराय विष्णवे नमः ॥

अर्थ: हे कलियुग नाश गर्ने, धर्म स्थापना गर्ने कल्कि रूपधारी विष्णु लाई नमस्कार।
कल्कि अवतारले ३ शिक्षा दिन्छ:
अधर्मको अन्त निश्चित: अन्धकार जति गाढा भए पनि बिहान आउँछ।कल्कि त्यो बिहान हुनु हुन्छ।
आत्म-जागरण: बाहिर कल्किको पर्खाइ भन्दा भित्रको “अधर्म” मार्नु पहिला जरुरी छ।

शास्त्रको सार:
कल्कि आउन अझै समय छ। तर “कल्कि जस्तो कर्म” हामीले अहिलेदेखि गर्नुपर्छ।
प्रमाण: भागवत पुराण १२.२, विष्णु पुराण ४.२४, कल्कि पुराण, महाभारत, अग्नि पुराण
यस दिन पूजा गरे रक्षा, बल र धर्ममा वृद्धि हुने छ साथै यो मन्त्र जप्नु उत्तम मानिन्छ।

ॐ श्री कल्कये नम:

कल्कि अवतार कलियुगको अंतिम अवस्थामा हुन्छ ।जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरि दिन्छन।तव सर्वत्र लुटमार हिंसा अत्याचार बढ्छ त्यसपछि यो अवतार हुने विश्वास छ।त्यस समयमा अधर्मी पापीहरुको नाश संगै कलियुग समाप्त हुन्छ र सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता पुराणकथाहरू अनुसार कलियुगमा पापको सीमा नाँघि सके पछि विश्वमा दुष्टहरूको संहार गर्नको लागि कल्कि अवतार प्रकट हुन्छ। “सम्भल ग्राम मुख्यस्य ब्राह्मणस्यमहात्मनः भवनेविष्णुयशसः कल्कि प्रादुर्भाविष्यति।।”
अर्थात – सम्भल ग्राममा विष्णुयश नामको श्रेष्ठ ब्राह्मणको पुत्रको रूपमा भगवान कल्किको जन्म हुने छ।उहाँले देवदत्त नामको घोडा चढेर सवारी भएर आफ्नो तलवारले दुष्टहरूको संहार गर्नु हुने छ।त्यसपछी सत्ययुगको प्रारम्भ हुने छ।कल्कि अवतार कलियुगको अन्तको लागि हुन्छ।जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरि दिन्छन तब यो अवतार आरम्भ हुने छ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours