राशिफल: २३ साउन २०८३ शनिवार

२०८३ साउन २३ गते (८ अगस्ट २०२६) शनिवार, श्रावण कृष्णपक्ष दशमी तिथि, ११ः०१ बजेपछि एकादशी। राेहिणी नक्षत्र, १५ः०७ बजेपछि मृगशिरा। चन्द्रराशि वृष।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छन्। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले काममा बाधा पुर्याउनेछ। आयस्रोत कमजोर रहनेछ।

वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। पहिलेका समस्या सुल्झनेछन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। सहयोगीबाट धाेका हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विभिन्न भौतिक साधनहरू जुटाउन सकिनेछ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यापारमा लाभांश बढ्नेछ।

कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आफ्नो क्षेत्रमा समेत कमजोर साबित भइनेछ।

तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। गलत व्यक्तिको विश्वास गर्दा धाेका पाइनेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बिग्रिएको काम सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ।

धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। व्यर्थैमा अरूको फाइदाका लागि उपयोग भइनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ। अनावश्यक साइनो गाँस्नेहरूदेखि सावधान रहनुहोला।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइने समय छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours