३१ असार, काठमाडौँ । मिति २०८३ साल असार ३२ गते विहिवार मध्याह्न: १२ / ५५ बजे देखि पश्चिममा अस्त भएर २०८३ साउन २४ गते आइतबार मध्याह्न: १२ / २४ बजे पूर्वमा उदय हुने भएकोले यो हामीले गरिने नियमित पूजा ,पाठ ,हवन अनवरत रुपमा गर्नु हुन्छ।अरु बिशेष कार्य जस्तो बिबाह ,सप्ताह, नवाह ,लाख बत्ति प्रज्वलन ,उत्सव आदि कार्य भने गर्नु हुँदैन।नित्यकर्म ,{पूजा ,पाठ ,जप ,हवन ,तर्पण ,नित्य दान आदि }नैमित्तिक कर्म {न्वारन ,पास्नी ,श्राद्ध ,मासिक आदि गर्नु हुन्छ भने काम्यकर्म {बिबाह ,सप्ताह, नवाह ,लाख बत्ति प्रज्वलन ,उत्सव आदि } गर्नु हुँदैन।
विशेषतःहिन्दु धर्म अनुसार देवताका गुरु बृहस्पति हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् ।हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ ।वर्षको एक समयमा घुम्दै जाने क्रममा वृहस्पति ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले वृहस्पति ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई वृहस्पति अस्त भन्ने गरिन्छ ।साथै घुम्दै जाने क्रममा वृहस्पति ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले वृहस्पति ग्रहको प्रकाशलाई ओझेलमा पार्नु नै वृहस्पति अस्त भन्ने गरिन्छ ।ज्योतिषीय मान्यता अनुसार वृहस्पति अस्त हुने तिन दिनअघि वृद्ध र उदाएको तिन दिनसम्म वालक हुने भएको हुनाले धार्मिक क्रियाकलाप गर्नुहुँदैन ।
धार्मिक मान्यता अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कार्य रहेका हुन्छन् ।नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन् ।नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् ।काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्यहरु जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाह आदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन् ।प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन् ।वृहस्पति र शुक्र अस्त भएका बेलामा पोखरी इनार खन्न, मन्दिर बनाउन,पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जान , देव प्रतिष्ठा गर्न, कान छेदन गर्न, व्रतबन्ध, विवाह गर्न, दिक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न पनि मिल्दैन । साथै बगैँचा कुवाको निर्माण, गृहारम्भ, चांद्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन , विद्यारम्भ संस्कार, कहिल्लै नगरिएको देवताको दर्शन, अग्नि होत्र, सप्ताह पुराण, देव स्थापन, प्राण प्रतिष्ठा, संन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कर्मलाई शास्त्रले निषेध गरेको छ ।वृहस्पति दशा चलिरहेका व्यक्तिलाई वृहस्पतिके जुन फल जति प्रदान गर्नु पर्ने हो सो प्राप्त नहुन सक्ने स्थिति पनि रहन्छ ।
अस्त भएको वेलामा वृहस्पति निर्वल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ ।कुवा, वगैँचा, गृहारम्भ,गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान,सोम यज्ञ, अष्टका श्राद्ध, गोदान(केशान्तककर्म), नवान्न भक्षण,प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाकका संस्कार, देवताको प्रतिष्ठा,दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह,मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य बताईएको छ।
यसैगरी गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ।
न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ ।
अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः ।
तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।। (वायुपुराण)
अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्रा वाहेक अन्य यात्रा नगर्नू भनिएको छ ।अस्त विभिन्न प्रकारले हुने हुन्छ । विशेष गरी बृहस्पतिको बिम्बलाई सूर्यले छेकेको समयमा बृहस्पति अस्त मान्ने प्रचलन रहेको छ । सूर्य र बृहस्पति एउटै राशिमा अर्थात् पृथ्वीको कुनै स्थानबाट आकाशमा एउटै कोणीय अन्तर पर्दा यस्तो स्थितिको सिर्जना हुन्छ ।अन्य ग्रह अस्त हुँदा पनि सूर्यसँगको कोणीय अन्तर न्यून रहन्छ । बृहस्पतिको स्थान सूर्यभन्दा पनि निकै टाढा रहेको छ ।आकाशमा जब सूर्यका किरणले बृहस्पतिको बिम्ब हाम्रो (पृथ्वीवासीको) दृष्टिमा छेक्छ उक्त निश्चित समयमा बृहस्पति अस्त रहन्छन् ।अर्थात् हाम्रो भू-अवस्थितिबाट आकाश मण्डलमा बृहस्पति देखिँदैनन् ।हाम्रो दृष्टिपथमा नआएका ग्रह सामान्यतः अस्त अवस्थामा रहने गर्दछन् । ग्रहहरू उदय अस्त, वक्रमार्ग हुनु नियमित प्रक्रिया हो ।
हाल वर्तमान अवस्थामा पनि बृहस्पति अस्त रहेका छन् ।सूर्य र बृहस्पति दुवै ग्रहको कोणीय अन्तर न्यून छ । यसैले सूर्यका किरणले बृहस्पतिलाई हाम्रो दृष्टिपथबाट छेकेका छन् ।यस्तो अवस्था हुन सूर्य र बृहस्पतिको कोणीय अन्तर न्यून रहनुपर्दछ । सामान्यतः यस्तो स्थिति वर्षमा एकपटक पर्ने गर्दछ ।किनकि सूर्यले एक वर्षमा ३६० अंश (डिग्री) पार गर्दछन् भने बृहस्पतिले एक वर्षमा लगभग एक राशि अर्थात् ३० अंश (डिग्री) मात्र पार गर्दछन् ।यसरी हेर्दा बृहस्पति र सूर्यको भेट हुने एक वर्षमा एकपटक सम्भावना रहन्छ ।सूर्य र बृहस्पति नजिकिएको अवस्था बृहस्पति अस्तको हो । विशेषतः सूर्य र बृहस्पतिको ११ कालांशको अन्तर समानको समयलाई बृहस्पति अस्त मानिएको छ (सूर्यसिद्धान्त, ९।६) ।
यसरी अस्त हुँदा बृहस्पतिले प्रदान गर्ने ऊर्जा हामीमा प्राप्त नहुने भएकाले बृहस्पति अस्त रहँदा काम्यविशेष कर्म विवाह, व्रतबन्ध, विशेष यज्ञ, अनुष्ठान आदि नगरिएका हुन् । यस्ता विशेष कार्यका निम्ति बृहस्पतिजन्य प्रभाव सबल रहनुपर्दछ भन्ने ज्योतिष एवं धर्मशास्त्रको मान्यता रहेको छ ।यस्तो अवस्थामा तत्जन्य प्रभाव न्यून रहने भएकाले विशेष कार्यको सिद्धिका निम्ति गरिने यज्ञ, अनुष्ठान आदि काम्यकर्म नगर्नू भनिएको हो । किनकि यस्तो अवस्थामा बृहस्पतिजन्य बल कमजोर रहन्छ र कार्य पनि प्र


+ There are no comments
Add yours