२०८३ असार १४ गते (२८ जुन २०२६) शनिवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष चतुर्दशी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक।
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमश: सुधार आउनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहारसमेत पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लाभ हुनेछ र सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने समय छ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। केही रकम हातलागी भए पनि खर्च बढ्नाले धन संग्रहमा बाधा पुग्नेछ। अवसरवादीहरूबाट अलि जाेगिएर काम लिनुपर्ने समय छ। तापनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्नुका साथै फाइदा हुनेछ। आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहाेला।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। विशेष उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव पनि आउन सक्छ। मिहिनेतले प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। तर अवसर आए पनि परिस्थितिवश काममा पछि परिएला। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत बन्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। तर अर्थसञ्चय नहुन सक्छ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ। समयानुकूल भेटघाट नभए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
दिन उत्साहवर्द्धक रहनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुने समय छ। मिहिनेतले आम्दानी बढाउनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। लगनशीलताले आँटेको काम सम्पादन हुनेछ। व्यापारमा सामान्य फाइदा हाेला। जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ।


+ There are no comments
Add yours