विश्वकप फुटबलमा सेनेगलले इराकलाई ५ गोलले हरायो

१३ असार, काठमाडौँ। फिफा विश्वकप फुटबलमा सेनेगलले इराकलाई ५ गोलको फराकिलो अन्तरले हराएको छ । यो जितसँगै समूह ‘आई’ मा ३ खेलबाट ३ अङ्क जोडेको सेनेगल तेस्रो स्थानमा छ ।

यो समूहबाट फ्रान्स र नर्वे नकआउट चरणमा पुगिसकेका छन् । गोल अन्तर सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट ८ टोलीमध्ये एक बन्ने सम्भावना छ । यसका लागि अरू नतिजामा भर पर्नेछ । सेनेगलका पापे गइएले दुई तथा हबिब डियरा, इस्माइला सार र इलिमान एनडिएले समान एक/एक गोल गरे ।

सेनेगल विश्वकप फुटबलमा एकै खेलमा ५ गोल गर्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ । विश्वकप फुटबलमा अहिले समूह ‘एच’ का २ वटा खेल भइरहेका छन् । अमेरिकाको हस्टन रङ्गशालामा नवप्रवेशी केब भर्डे र साउदी अरब तथा मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा उरुग्वे र स्पेनले खेलिरहेका छन् ।

तालिकामा स्पेन ४ अङ्कसहित शीर्ष, समान २ अङ्कसहित उरुग्वे दोस्रो तथा केब भर्डे तेस्रो र १ अङ्कसहित साउदी अरब पुछारमा छ । त्यस्तै अहिले बिहान पौने ९ बजे समूह ‘जी’ का २ वा खेल हुँदैछन् ।

क्यानडाको बीसी प्लेस भ्यानकुभरमा न्युजिल्यान्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रङ्गशालामा इजिप्ट र इरान खेल्दैछन् । तालिकामा इजिप्ट ४ अङ्कसहित शीर्ष, समान २ अङ्कसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा १ अङ्कसहित न्युजिल्यान्ड पुछारमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours