जर्मनी हारपछि पनि समूह विजेता

१३ असार, न्युयोर्क । विश्वकप फुटबल–२०२६ मा जर्मनी शुक्रबार इक्वेडरसँग २–१ ले स्तब्ध भए पनि समूह ‘इ’ विजेताका रूपमा नकआउटमा पुगेको छ । सुरुका दुई खेलमा जर्मनीले आइभरिकोस्ट र कुरासाओलाई हराएको थियो ।

जर्मनीलाई हराएर इक्वेडर पनि उत्कृष्ट समूह तेस्रोका रूपमा अन्तिम ३२ मा पुग्यो । यसअघि आइभरिकोस्टसँग पराजित र तुलनात्मक रूपमा कमजोर कुरासाओसँग बराबरीमा रोकिएपछि इक्वेडरको नकआउट चरण प्रवेशको सम्भावना क्षीण भएको थियो तर उसले उपाधि दाबेदारमध्ये एक जर्मनीलाई हराएर समूह चरणमा मात्र स्थान बनाएन नकआउट चरणका लागि पनि आफ्नो मनोबल उच्च पारेको छ । यस समूहमा आइभरिकोस्ट उपविजेता बन्यो । सोही राति आइभरिकोस्टले नवप्रवेशी कुरासाओलाई २–० ले पराजित गरेको थियो ।

आइभरिकोस्टका लागि दुवै गोल निकोलस पेपेले गर्नुभयो । आइभरिकोस्ट नकआउट चरणमा पुगेको यो पहिलो पटक हो । कुरासाओ भने कुल एक अङ्कसहित प्रतियोगिताबाट बिदा भएको छ । यद्यपि कुरासाओले विश्वकपमा खेल्ने अहिलेसम्मकै सबभन्दा सानो राष्ट्रका रूपमा इतिहास रच्यो । कुरासाओ विश्वकपमा चयन हुने अहिलेसम्मकै सबभन्दा सानो राष्ट्र हो । कुरासाओको क्षेत्रफल मात्र १७१ वर्ग माइल र जनसङ्ख्या करिब एक लाख ५६ हजार रहेको छ ।

खेलको दोस्रो मिनेटमै लेरोइ सानेको विवादास्पद गोलको सहयोगमा जर्मनीले अग्रता बनाएको थियो तर चाँडै नै निल्सन अन्गुलोले गोल गरी खेललाई बराबरीको स्थितिमा ल्याउनुभयो । त्यसपछि निर्धारित समय सकिन १३ मिनेट बाँकी छँदा गोन्जालो प्लाटाले गोलपोस्टनजिकबाट निर्णायक गोल गरी जर्मनीलाई हारको स्वाद चखाउनुभयो ।

नेदरल्यान्ड्स समूह विजेता

विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘एफ’ मा जापान र स्विडेनले १–१ को बराबरीमा खेलेपछि नेदरल्यान्ड्सलाई फाइदा भएको छ । सोही राति नेदरल्यान्ड्सले ट्युनिसियालाई ३–१ ले हराएर सर्वाधिक सात अङ्क बनायो । जापान समूह उपविजेता बनेको छ । प्रिक्वाटरफाइनलमा नेदरल्यान्ड्सले मोरक्को र जापानले ब्राजिलविरुद्ध खेल्ने छ । नेदरल्यान्ड्सले खेलको सुरुवातमै दुई गोलको अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमै इलिस स्किरीले आत्मघाती गोल गरेपछि ट्युनिसियाको सुरुवात खराब बनेको थियो । चार मिनेटपछि नै ब्रायन ब्रबीको गोलले नेदरल्यान्ड्सको अग्रता दोब्बर भयो । खेलको ५४ औँ मिनेटमा हाजिम मसुरीको गोलबाट ट्युनिसियाले अन्तर कम पारेर खेल रोमाञ्चक बनाएको थियो तर आठ मिनेटपछि जान पल भान हेकेको हेड गोलले नेदरल्यान्ड्स पुनः दुई गोलले अगाडि भयो ।

डालासमा भएको खेलमा जापानले डाइजेन मायडाको गोलबाट खेलको ५६ औँ मिनेटमा अग्रता बनाएको थियो तर जापानको खुसी छ मिनेटसम्म मात्र रह्यो । स्विडेनका एन्थोनी इलान्गाले डिबक्सबाहिबाट सानदार ढङ्गले गोल गरी खेल बराबर गर्नुभयो । जापानले जित्न नसके पनि प्राविधिक रूपमा निकै राम्रो खेल खेलेर स्विडेनलाई दबाबमा रोखको थियो । स्विडेनका प्रिमियर लिग स्टारहरू अलेक्ज्यान्दर इसाक र भिक्टोर ग्योकेरेस प्रभावहीन बन्नुभयो ।

अमेरिकाविरुद्ध टर्कीको सान्त्वना जित

विश्वकप फुटबल–२०२६ अन्तर्गत समूह ‘डी’ मा शुक्रबार टर्कीले आयोजक अमेरिकालाई ३–२ ले स्तब्ध पारेको छ । इन्जुरी समयको पनि अन्तिम सेकेन्डमा कान एहानले गोलपोस्टनजिकबाट गोल गरेपछि टर्कीले यस प्रतियोगितामापहिलो जित प्राप्त ग¥यो ।

सुरुका दुई खेल जितेको अमेरिका हारपछि पनि समूह विजेताका रूपमा अन्तिम ३२ मा पुगेको छ । उसले अब क्वाटरफाइनल पुग्नका लागि बोस्निया हर्जगोभिनासँग खेल्ने छ । टर्की भने सुरुका दुई खेलमा अस्ट्रेलिया र पाराग्वेसँग हारेर पहिले नै नकआउटको होडबाट बाहिरिसकेको थियो ।

अन्तिम खेलमा पनि टर्कीको सुरुवात भने खराब भएको थियो । खेलको तेस्रो मिनेटमै कर्नरमा अस्टिन ट्रस्टीले गरेको गोलले अमेरिकाले स्वप्निल सुरुवात बनाएको थियो । सेल्टिक डिफेन्डर अस्टिनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । जुन विश्वकपको दोस्रो तेज गोल भएको छ । खेलको १० औँ मिनेटमा रियल म्याड्रिडका फरवार्ड अर्डा गुलरले गोल गरी खेल बराबरीको स्थितिमा ल्याउनुभयो । टर्कीले यसअघि यस विश्वकपमा विपक्षीको पोस्टमा ६२ प्रहार गरेर पनि गोल गर्न सकेको थिएन ।

खेलको ३१ औँ मिनेटमा इरेन इलमालीको पासमा यिल्माजले गोल गरी टर्कीलाई पहिलो पटक अगाडि पार्नुभयो । यसै गरी अमेरिका यस विश्वकपमा पहिलो पटक पछाडि परेको हो तर खेलको ४९ औँ मिनेटमै म्याकेन्जीको गोलबाट अमेरिकाले खेल बराबर ग¥यो । यद्यपि खेलको अन्तिम सेकेन्डमा समालिन नसक्दा अमेरिका पराजित भयो ।

समूह ‘डी’ मै भएको अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरीमा खेले । यस नतिजासँगै अस्ट्रेलिया समूह विजेताको हैसियतमा नकआउटमा पुगेको छ । अस्ट्रेलियाले तीन खेलमा चार अङ्क बनाएको हो । अस्ट्रेलिया विश्वकपको नकआउटमा पुगेको यो मात्र तेस्रो पटक हो । यस बराबरीले दक्षिण अमेरिकी टिम पाराग्वे पनि तेस्रो उत्कृष्ट टिमका रूपमा अन्तिम ३२ को सँघारमा रहेको छ । एपी

You May Also Like

More From Author

+ There are no comments

Add yours