डेनिस उन्डाभको दुई गोलमा जर्मनी लगातार दुई खेल जितेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
०७ असार, काठमाडौँ । फिफा विश्वकप २०२६ मा आइभरी कोस्टलाई २–१ गोलले हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा जर्मनीले आइभरी कोस्टलाई हराउँदै राउन्ड अफ ३२ मा स्थान बनाएको हो।
एक गोलले पछि परेको जर्मनीले पुनरागमन गर्दै जित निकाल्यो। जर्मनीको जितमा डेनिज उन्डभ नायक बने। दुवै गोल उनले नै गरे।
खेलको ३० औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्रान्क केसीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।
६८ औं मिनेटमा वैकल्पिक खेलाडी उन्डभले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि खेल सकिनै लाग्दा इन्जुरी समयमा उन्डभले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जितसहित नकआउट चरणमा पुर्याए।
समूह ई मा अंकतालिकामा लगातार दोस्रो जित निकालेको जर्मनी ६ र्अकका साथ शीर्षस्थानमा रहँदा आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ।
यस्तै, इक्वेडर र कुरासाओ अंकविहिन छन्।


+ There are no comments
Add yours