बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडे

०२ असार, काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति अमेरिकाको सियाटलमा भएको खेलमा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन्।

समूह ‘जी’ को यो खेलमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेका हुन्।

इजिप्टले खेलको १९ औँ मिनेटमा पहिलो गोल गरेको थियो।

टोलीका कप्तान मोहम्मद सलाहको पासमा इमाम अशोरले पेनाल्टी बक्सबाट सशक्त प्रहार गर्दै देशको लागि गोल गरेका थिए। अशोरले राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन्।

भेट्रान स्ट्राइकर रोमेलु लुकाकुलाई ६६ औँ मिनेटमा मैदानमा उतारेपछि बेल्जियमले सशक्त प्रदर्शन गरेको थियो।

इजिप्टका मोहम्मद हानीले लुकाकुलाई रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन।

You May Also Like

More From Author

+ There are no comments

Add yours