थाइल्यान्डले नेपाललाई दियो १३१ रनको लक्ष्य

२७ जेठ, काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको हो ।

थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेलिन् । उनले ५१ बलमा अविजित ६३ रन बनाइन् ।

फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन बनाइन् । नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।

एसिया कपमा छनोट हुनका लागि नेपालले यो खेल जित्नुपर्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours