नेपाल सुपर लिग भदौमा


०४ जेठ, काठमाडौँ । नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण भदौ २० गतेदेखि हुने भएको छ ।

चौथो संस्करणमा टिमको संख्या १० देखि १२ हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । आयोजकका अनुसार एनएसएल पहिलोपटक डबल राउन्ड रोविन लिग र ‘होम एन्ड अवे’ का आधारमा ४ महिनासम्म चल्ने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले निजी क्षेत्रलाई पनि संगै लगेर समग्र खेलकुद क्षेत्रको विकासमा ध्यान केन्द्रीत गर्ने बताउदै नेपाली फुटबललाई उचाइमा पु¥याउन सबै मिलेर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, अखिल नेपाल फुटबल संघका पदाधिकारी, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours