२९ वैशाख, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।
छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।
संविधानअनुसार संघीय सरकारका लागि जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्छ ।
बैठकमा हिजो राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा प्रधानमन्त्री वालेन्द्र साह बालेन बाहिरिएको विषय प्रतिपक्ष दलका सांसदहरूले गम्भीर रूपले उठाउने भएका छन् ।
उनीहरूले राष्ट्र प्रमुखको अपमान भएको भन्दै प्रतिक्रिया दिइसकेका छन् । बालेनका सल्लाहकारले भने बिमार भएको प्रतिक्रिया दिएका छन् ।
यद्यपि उनी बिमार भएको संकेत भने उनको हिँडाइले नदिएको पनि प्रतिक्रिया आइरहेको छ


+ There are no comments
Add yours